एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई ५–५ लाख धरौटीमा रिहा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा भएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले बुधबार दुवै जनालाई जनही ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

एन्फामा भएको भनिएको घोटालासम्बन्धी विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको थियो । मुद्दा दायर भएपछि दुवै जना फरार रहँदै आएका थिए ।

बुधबार अदालतमा उपस्थित भएका उनीहरूको थुनछेक बयानपछि अदालतले जनही ५ लाख रुपैयाँ धरौटी माग गरी रिहा गर्न आदेश दिएको हो ।