कांग्रेसमा पदाधिकारीको वरीयता निर्धारण, पहिलो नम्बरमा गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वरीयता निर्धारण गरेको छ । बिहीबार आयोजित शपथग्रहण कार्यक्रमअघि नै पदाधिकारीहरूको वरीयता तोकिएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले जानकारी दिएका छन् ।

दुलालका अनुसार पदाधिकारीहरूको वरीयता पार्टीको वेबसाइटमा शुक्रबार सार्वजनिक गरिनेछ ।

निर्धारित वरीयताअनुसार सभापति गगनकुमार थापा पहिलो नम्बरमा छन् । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिला उपसभापति पुष्पा भुसाल तेस्रो वरीयतामा छन् ।

त्यस्तै, खुला उपसभापतिमा निर्वाचित डा. चन्द्रकान्त भण्डारी चौथो र मधु आचार्य पाँचौँ वरीयतामा छन् । समावेशी उपसभापति विनोद चौधरी छैटौँ नम्बरमा छन् ।

महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदयशमशेर राणा नवौँ वरीयतामा छन् ।

११ जना सहमहामन्त्रीमध्ये बहादुरसिंह लामा १०औँ वरीयतामा छन् । त्यसपछि योगेन्द्र चौधरी ११औँ, प्रकाश स्नेही रसाइली १२औँ, जीवन शाही १३औँ, अजय चौरासिया १४औँ र आङ्गेलु शेर्पा १५औँ वरीयतामा छन् ।

त्यस्तै, रामहरि खतिवडा १६औँ, प्रतिमा गौतम १७औँ, अजयबाबु शिवाकोटी १८औँ, मनोजमणि आचार्य १९औँ र डा. फिरदोस आलम २०औँ वरीयतामा रहेका छन् ।

१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शपथ ग्रहण गरेसँगै कांग्रेसले पदाधिकारीहरूको वरीयता निर्धारण गरी संगठनात्मक कामलाई अघि बढाउने प्रक्रिया थालेको छ ।