काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी बल, नेपालले दाहालमाथि कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो।
मन्त्रालयले उक्त आरोपमाथि जाँचबुझ गर्न २०८३ असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरेको जनाएको छ। साथै, तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले आफ्ना मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।
मन्त्रालयले कानूनविपरीतका गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गर्ने स्पष्ट पारेको छ।

