काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी भएकी छन्। एमालेको नेतृत्व तहमा पुनः सक्रिय भएकी भण्डारी वरिष्ठ नेताको हैसियतमा पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन्।
गत असोज ८ गते बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो।
राष्ट्रपति बन्नुअघि भण्डारी एमालेको उपाध्यक्ष थिइन्। राष्ट्रपति पदबाट बाहिरिएपछि उनी पुनः पार्टी राजनीतिमा सक्रिय भएकी हुन्।
भण्डारीको सहभागितासँगै एमालेको स्थायी कमिटी बैठकलाई राजनीतिक रूपमा महत्त्वका साथ हेरिएको छ।
