काठमाडौं । ‘ट्वीनी गर्ल्स’ नामले प्रख्यात टिकटकर दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडामाथि सार्वजनिक स्थलमा भएको ‘ह्यारेसमेन्ट’ को घटनामा गृहमन्त्री सुदन गुरुङले एक्सन लिएका छन् । शनिवार राति १० बजेतिर प्रिज्मा र प्रिन्सीमाथि सडकमा युवाहरुले ‘जाने हो रु’ भन्दै जिस्काएका थिए ।
प्रिज्माका अनुसार खतिवडा दिदीबहिनी त्रिभुवन विमानस्थल जाने सडकमा ‘स्ट्रिट फुड’ खाँदै गर्दा उनीहरूमाथि दुर्व्यवहार भएको हो । दुर्व्यवहार गर्ने दुई जना युवाहरुलाई उनीहरूले प्रहरी बोलाएर तत्काल पक्राउ गराएका थिए । प्रहरीले उनीहरूलाई कुट्दै भ्यानमा हालेर लगेको थियो ।
सोपश्चात् एक प्रहरीले आफूहरूलाई लुगामाथि कमेन्ट गरेको प्रिज्माले बताएकी छन् । ती प्रहरीले ‘छोरीचेली भएर रातिराति यस्तो लुगा लगाएर हिँडेपछि जँड्याहाले मनपरी भनिहाल्छन् नि’ भन्दै उल्टै पाठ पढाएको उनले गुनासो गरिन् । यो भिडिओ आफूले पोस्ट गरेपछि गृहमन्त्रीले चासो लिएको उनी बताउँछिन् । गृहमन्त्रीको निर्देशनमा सम्बन्धित प्रहरीमाथि पनि आन्तरिक कारबाही प्रक्रिया अघि बढेको उनको भनाइ छ ।
प्रिज्माले सुनाएको घटना विवरण:
कुरा आज राति १० बजेको हो । प्रिज्मा र म एयरपोर्ट अपोजिटमा स्ट्रिट फुड खाँदै थियौँ । त्यहीबेला एकजना जाँड खाएको मान्छे आएर मेरो अगाडि नै उभियो । मैले जँड्याहा त हो भनेर वास्तै गरिनँ । त्यसपछि उसले ‘जाने हो रु’ भनेर भन्यो । म र प्रिज्माले यति धेरै गाली गर्यौँ उसलाई, अनि १०० मा कल गर्यौँ ।
दुईजना थिए( त्यो र अर्को एकजना । अर्को पनि मातिएकै थियो । मैले पुलिसमा कल गरेको थाहा पाएपछि उनीहरू भाग्न खोजिरहेका थिए । प्रहरी आउनु अगाडि नै भाग्छन् भनेर ट्राफिक बोलाउन रोडमा गएँ । त्यहाँ पुलिसको भ्यान देखेँ अनि गएर मैले प्रहरी लिएर आएँ। ५-६ जना हुनुहुन्थ्यो प्रहरीहरू । उहाँहरूले तिनीहरूलाई कुटेर गाडीमा हालेर लग्नुभयो ।
त्यसपछि मलाई कल आयो, ‘कता हो घटना भएको ? भनेर । मैले ‘प्रहरीहरू आएर भ्यानमा लगिसक्नुभयो’ भनेँ । त्यसको १० मिनेटपछि फेरि मलाई कल आयो उहाँकै । ‘कता हो ?’ भन्नुभयो । म चोकतिर गएँ । अनि उहाँले ‘के भएको हो ?’ भन्नुभयो । मैले यस्तो-यस्तो भयो भनी नसक्दै उहाँले भन्नुभयो- ‘अनि यस्तो गेटअपमा राति-राति हिँडेपछि भन्न आइहाल्छन् नि ! एक्लै यस्तो लाएर किन बस्या छोरीचेली रु त्यो ज्याकेट कम्मरमा बाँध्ने हो रु माथि बेर्न पर्दैन ?’
म यस्तो ब्ल्याङ्क भएँ, लिटरल्ली म काम्न थालेको थिएँ । मेरो बोली नै निस्किएन के एकछिन । ‘त्यो जँड्याहा गलत नभएर मेरो लुगा गलत भयो रु कसरी भन्न सक्नुहुन्छ तपाईँले रु यही हो मैले पुलिसबाट सुन्ने रु’ भनेँ । उहाँ हत्तनपत्त ‘कता भएको, कता खाइराथ्यो ?’ भनेर आफैँ हिँड्नुभयो । त्यसपछि आएर ‘भोलि गौशाला पुलिस स्टेसनमा आउनु’ भन्नुभयो । ‘हामी भोलि कुर्ता र सारी लगाएर आउँछौँ’ भनेर त्यहाँबाट निस्कियौँ ।
प्रहरीबाट हामीले हाम्रो लुगा अनुसारको जजमेन्ट पाउने हो कि प्रोटेक्सन र अन्डरस्ट्यान्डिङ पाउने हो रु हुन त १० वर्ष अगाडि पनि एउटा जँड्याहाले मलाई मुख छाड्दा पुलिसमा कम्प्लेन गरेर लिन आउँदा एकजना प्रहरीले नै ‘केटी मान्छे भएर यस्तोमा पर्नुहुँदैन’ भनेर मलाई गतिलै सजेसन दिनुभएको थियो । १० वर्षपछि पनि केही चेन्जेज आएको रहेनछ ।
अब हामी छोरी मान्छे ५ बजे नै घरभित्र सारी-चोलो लगाएर बस्नुपर्ने रहेछ । अनि अझै पनि छोरीचेलीको सुरक्षा उसको कपडामै निर्भर हुने रहेछ, हैन त ?
आज बिहान अर्को भिडियो पोस्ट गरेर ट्वीनी गर्ल्सले यस घटनामा एक्सन लिएको जानकारी दिएकी हुन् । उनीहरूले सुनाएको ताजा विवरण यस्तो छः
मैले पुलिसको भ्यान देखेर बोलाएको नेपाल प्रहरी टिमले त्यो मान्छेहरूलाई लगिसक्नुभएको थियो । तर हाम्रो लागि पठाउनुभएको प्रहरी आएर घटनाको बारेमा सोध्नुभयो र मैले भनिनसक्दै मैले लगाएको कपडाले गर्दा केटाहरूले जिस्काएको हो भनेर उल्टै मेरो कपडालाई दोष दिनुभएको थियो ।
यो कुरा हामीले हाम्रो सोसल प्लेटफर्ममा राखेको थियौँ र हाम्रो गृहमन्त्री सुदन गुरुङ सरले कमेन्ट गर्नुभएको थियो । त्यसपछि उहाँसँग मेरो कुरा भयो । उहाँहरूले ‘क्विक एक्सन’ लिनुभयो र अहिले यो केस गौशाला पुलिस स्टेसनको डीएसपी सरमार्फत आन्तरिक प्रक्रियामा गइसकेको छ । फर्दर के हुन्छ, वि विल अपडेट ।
यो केसमा सरकारबाट यस्तो एक्सन लिइयोस् कि एउटा उदाहरण कायम होस ताकि भोलिका दिनमा कुनै पनि पीडितले भिक्टिम ब्लेमिङ भोग्न नपरोस्, त्यो पनि जिम्मेवारी पदमा बस्नुभएको पुलिस अफिसर वा कुनै पनि अथोरिटीबाट । यस्ता केसेसहरूलाई फ्युचरमा सेन्सेटिभ र रेस्पोन्सिबल तरिकाले ह्यान्डल गरियोस् ।
मैले धेरै कमेन्ट्सहरू पनि देखेँ सबैजनाको । तपाईँहरूमाथि अन्याय हुन्छ भने तत्काल एक्सन लिनुहोस् । सबै प्रहरी नराम्रो हुँदैनन् । १०० मा कल गरेर प्रहरी बोलाउनुहोस् र यदि हामीले भोगेको जस्तै भोग्न पर्यो भने आफ्नो कुरा नडराई सोसल प्लेटफर्ममा राख्नुहोस् । जसरी हजुरहरूले गरेर हाम्रो केस गृहमन्त्री सरसम्म पुग्यो त्यसरी नै हजुरहरूको कुरा मेन अथोरिटीसम्म पुर्याउने जिम्मा हामी सबैले गर्नेछौँ। तर अन्याय सहेर चाहिँ नबस्नुहोला, चाहे त्यो ह्रासमेन्ट दुई शब्दको होस् या त इसाराको होस् ।
अनि मेरो कपडा खराब थियो भनेर तुच्छ शब्द बोलेर आफ्नो संस्कार झल्काउने दानवहरूलाई चाहिँ ‘राम-राम’ मात्रै भन्न चाहेँ । तिमीहरूको जस्तो सोच भएको मान्छेले गर्दा आज २१औँ शताब्दीमा आएर पनि छोरी मान्छे खुलेर हिँड्न र बाँच्न पाएका छैनन् । हाम्रो कपडा छोटो हैन, तिमीहरूको घटिया सोच चाहिँ छोटो हो ।
