काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशको उद्घाटन समारोहमा नेकपा एमाले लगायत राजनीतिक दलका नेतृत्व सहभागी हुने भएका छन् ।
आज २ बजेबाट सुरू हुने उद्घाटन समारोहमा नेकपा एमाले महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० रास्वपाका सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने तय भएको प्रवक्ता देवराज चालिसेले बताए ।
चालिसेका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टी महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चा अध्यक्षका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल आउने निश्चित भएको छ ।
